पाथीभरा पोष्ट ताप्लेजुङ, जेठ २ गते । ताप्लेजुङमा सामुदायिक बिद्यालयहरुका लागि १ हजार थान पुस्तक आइपुगेको छ । पुस्तक तथा स्टेशनसरी व्यवसायी महासंघ ताप्लेजुङ शाखाका अनुसा कक्षा १ देखि १० का सबै बिषयहरुको १–१ हजार थान पुस्तक जिल्ल पुगेको हो । महासंघले जनक शिक्षा सामग्री केन्द्रबाट पाठ्यपुस्तक ल्याउने गरेको छ । लामो समयदेखि बन्दाबन्दी रहेपनि बालबालिकाले घरमै बसेर पनि पढ्ने र अभिभावक तथा स्थानीय शिक्षकले कुनै न कुनै माध्यमद्धारा पढाईमा सहजीकरण गर्न सक्ने भएकोले लक डाउनकै बीच पनि पुस्तक ल्याईएको पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका ताप्लेजुङ शाखा अध्यक्ष दिनेश भट्टराईले जानकारी दिनुभयो । सदरमुकाम फुङ्लिङ आई पुगेको पुस्तक आइतबार देखि वितरण गरिने समेत अध्यक्ष भट्टराईले बताउनुभयो । जिल्लामा एक हजार देखि १४ सय थान सम्मको पुस्तक चाहिने भट्टराईले जानकारी दिनुभयो । अहिले सामुदायिक तर्फ २ सय १३ प्राथमिक तह,६७ निम्न माध्यमिक तह र ५५ वटा माध्यमिक तहका विद्यालय सञ्चालित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here