कोरोना संक्रमण पाँच जना थपिएको होइन, स्वास्थ्य मन्त्रालय

0
60

१ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहान जारी गरेको कोरोना संक्रमण सम्वन्धी सूचना सच्याएको छ । उसले दोस्रो पटक थपिएको भनेको ५ जना संक्रमित सम्वन्धी रिपोर्ट पुरानै संक्रमितको रहेको भन्दै कुल संक्रमितको संख्या २४५ नै रहेको उल्लेख गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विहीबार विहान तेस्रो पटक सूचना जारी गर्दै दोस्रो पटक उल्लेख गरिएको पाँच जना संक्रमित भन्ने सूचना प्राविधिक कारणले त्रुटि भएको बताएका छन् । विहीबार विहान काठमाडौँ र कपिलवस्तुको २ जनामा कोरोना संक्रमण भएको सूचना उल्लेख थियो । त्यसको केही समय पछि मन्त्रालयले अर्को सूचना जारी गर्दै थप ५ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here