नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण

नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९१ पुगेको छ ।

0
88

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९१ पुगेको छ । थपिएका संक्रमितमा पर्सामा मात्र ३९ जना छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here