ओलाङचुङगोला र याङमाबासिलाई चिन सरकारले ग¥यो खाद्य र स्वास्थ्य सामग्री सहयोग

चिन सरकारले सीमावर्ती बासिन्दालाई टिप्ताला भन्ज्याङ नाकाका खाद्यसँगै स्वास्थ्य सामग्री सहयोग गरेको हुन ।

0
128



पाथीभरा पोप्ट,बैशाक ३० गते । लकडाउनका कारणले सिमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानियलाई समस्या भएको भन्दै ताप्लेजुङको ओलाङचुङगोला र याङमाबासिलाई चीन सरकारले खाद्य र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । चिन सरकारले सीमावर्ती बासिन्दालाई टिप्ताला भन्ज्याङ नाकाका खाद्यसँगै स्वास्थ्य सामग्री सहयोग गरेको हुन । चिनियाँ टोलीले सोमबार सीमामै आएर पीपीई, थर्मल गन, मास्कसँगै चामल, पिठोलगायत खाद्य सामग्री उपलब्ध गराएको हो । गोलामा ५३ र याङ्मामा १० घर छन् । साथै प्रहरी चौकी, स्वास्थ्य चौकी र आधारभूत विद्यालय समेतका लागि २ सय ५३ बोरा चामल र त्यत्तिकै परिमाणमा पिठो दिएको छ । प्रत्येक बोरा २५ किलो रहेको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङले बताउनुभयो । नेपालसँग जोडिएको डिङजे काउन्टीले उपलब्ध गराएको सामान चिनियाँ टोलीले टिप्ताला भन्ज्याङसम्म ल्याइदिएको छ ।
सामग्री बुझ्न वडाध्यक्ष र वडा सदस्यसहितको टोली सिमानासम्म पुगेको थियो । ६५ बोरा नुन–चीनी र ६५ कार्टुन दूध पाउडर र खाने तेल आएको छ । ‘चिनीया टोलिले ट्यांकरमा ल्याएर सिमानामा जिम्मा लगाको प्रवक्ता वालुङले बताउनुभयो । सिमानादेखि ओलाङचुङ र याङमाका बासिन्दाले आफैंले बोकेर ल्याउनुपर्छ ।’
स्वास्थ्य सामग्री अन्तर्गत १० थान पीपीई, ५ थान थर्मल गन र २ सय ५३ थान एन–१९ मास्क रहेको वडाध्यक्ष छेतेन शेर्पा भोटेले जानकारी दिनुभयो । प्रत्येक वर्ष हिउँ बिलाएपछि सीमावर्ती बासिन्दा खाद्य सामग्री खरिद गर्न चिनियाँ बजार जान्छन् । कोरोनाका कारण सिमाना बन्द भएकाले अहिले नियमित आउजाउ छैन सिमानादेखि गोलाको बस्तीसम्मको दुरी २४ किलोमिटर छ । याङमा गोलाभन्दा टाढा छ ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here