ताप्लेजुङमा ४ सय ४१ जनाको आरडीटी परीक्षण,रिर्पोट नेगेटिभ

एक नगरपालिका र आठ गाउँपालिकामा चैत महिनायता बिभिन्न स्थानबाट जिल्ला भित्रिएकाहरुको आरडीटी परिक्षण गरिएको थियो ।

0
116

पाथीभरा पोष्ट,बैशाक ३० गते । ताप्लेजुङका विभिन्न स्थानिय तहहरुमा कोरोना भाइरस आशंकार्मा यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४ सय ४१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ छ । एक नगरपालिका र आठ गाउँपालिकामा चैत महिनायता बिभिन्न स्थानबाट जिल्ला भित्रिएकाहरुको आरडीटी परिक्षण गरिएको थियो । अहिले सम्म ४ सय ४१ जनाको आरडीटी र १५ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय ताप्लेजुङ निमित प्रमुख राजकुमार पोख्रेलले जानकारी दिनुभयो । आरडीटी परीक्षण गरिएका मध्ये ३ सय ७ जना पुरुष र १ सय ३४ जना महिला रहेका छन । स्वास्थ्य कार्यालयका अ ुसार फुङ्लिङ नगरपालिकामा १ सय ११ जनाको आरडीटी परीक्षण गरिएको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिकामा ८३ जना, पाथीभरा याङ्वरक गाउँपालिकामा ७९ जना, आठराई त्रिबेणीमा ६७ जना, सिदिङ्वा गाउँपालिकामा ४७ जनाको आरडीटी परीक्षण गरिएको छ । मिक्वाखोला गाउँपालिकामा २३ जना, मेरिङ्देनमा २१ जना, सिरिजङ्घा गाउँपालिकामा ८ जना र मैवाखोला गाउँपालिकामा २ जनाको परीक्षण गरिएको प्रमुख पोख्रेलले जानकारी दिनुभयो । सबैभन्दा कम मैवाखोलामा २ जनाको मात्र परिक्षणका गरिएको हो । परिक्षमा १० महिनाको बच्चादेखि ७० वर्षका जेष्ठ उमेर सम्मका नागरिकको आरडीटी परिक्षण गरिएको हो । हाल पाथीभरा याङबरक गाउँपालिकामा झापा देखि आएका तिन जान क्वारेन्टीनमा रहेका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here