बैशाक ३० गते । इलामको माइजोगमाई गाउँपालिका–३, शुक्रबारे बजारमा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन्। आगोले स्थानीय वेदराम गर्ग र छत्रकुमारी लावरको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि एउटा घर भत्काइएको छ। सँगै रहेको रुक्मिणा प्रधानको घर आगो नियन्त्रणका लागि भत्काइएको छ। कपडा पसल रहेको गर्गको घरबाट राति आगो सुरु भएको थियो। तर, मानिस नबस्ने घरमा बिजुली पनि नभएका बेला आगो कसरी सुरु भयो भन्ने खुलेको छैन। आगलागिबाट ७० लाख बढीको क्षती भएको स्थानीय प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । माईजोगमाई गाउँपालिकाका अध्यक्ष जित बहादुर राईले क्षती बिबरण संकलन भइरहेको जानकारी दिए। आगलागिको कारण खुल्न सकेको छैन । आगोले घर ध्वस्त भएपछि छत्रकुमारीको परिवार विस्थापित भएको छ। प्रहरी र स्थानीयको सक्रियतामा बिहान ३ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
शुक्रबारेमा दुई घरमा आगलागी
इलामको माइजोगमाई गाउँपालिका–३, शुक्रबारे बजारमा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन्।