बन्दाबन्दीमा सिरीजङ्गा लिपी र भाषा सिक्दै

लकडाउनको समयमा बालबालिकालाई विकृति विसंगतीमा जानबाट रोक्न मातृभाषा शिक्षा सिकाईले मद्दत पुग्ने

0
111

वैशाख । लामो समयदेखि जारी रहेको लकडाउन अथव बन्दाबन्दीको समयलाई सदुपयो गर्दै झापाको दमक नगरपालिका वडा नं.–१ सिरीजङ टोलमा किरात सिरीजङ्गा लिपी भाषा प्रशिक्षण कार्यक्रम शुरु भएको छ । सिरीजङ टोलको पहल र लिम्बु साहित्यमा दखल राख्नु हुने साहित्यकार सर्जक भाषाविद सेसेमी से नाल्बोको अगुवाइमा किरात सिरीजङ्गा लिपी भाषा प्रशिक्षण कार्यक्रम शुरु भएको हो । सो टोलमा स्थायी बसोबास भएका ५० जना प्रशिक्षार्थीहरुले लिपी लेखन र भाषा प्रशिक्षण लिइरहेको टोल विकास संस्थाका अध्यक्ष रचना लावतीले भाषा लेखन र प्रशिक्षण भइरहेको बताउनु भयो ।
पछिल्लो पुस्तामा आ–आफ्नो भाषा बोल्ने प्रचलन हट्दै गइरहेको प्रति चिन्तित हुँदै साहित्यकार नाल्बोले अबका पुस्ताहरुलाई कम्तिमा पनि किरात सिरीजङ्गा लिपि लेखन र प्रशिक्षण अत्यन्तै अपरिहार्य भएको बताँउछन् । लकडाउनको समयमा आफ्नो टोलमा यसरी मातृभाषा शिक्षा अध्यापन गर्न पाएकोमा खुशी लागेको अध्यक्ष लावतीले बताउनु भयो। टोलमा बसेका लिम्बु, राई मात्र नभएर अन्य थरीहरुलाई समेत सिरीजङ्गा लिपी प्रशिक्षणमा प्रोत्साहन गरिएको उहाँको भनाई छ ।

गाउँ–गाउँमा आ–आफ्नो मातृभाषा शिक्षा लागू गरेर भाषा विकासमा जोड्न दिन सरकारसँग अपेक्षा गरेको भाषा शिक्षिका लावतीले अनुरोध गर्नु भएको छ । आफ्नै टोल गाउँमा यसरी आफ्नो मातृ भाषा शिक्षा र सिरीजङ्गा लिपि लेखन प्रशिक्षण गर्न पाउँदा कक्षा ११ मा अध्ययनरत विद्यार्थी माङ्सको भनाई छ । लकडाउनको समयमा बालबालिकालाई विकृति विसंगतीमा जानबाट रोक्न मातृभाषा शिक्षा सिकाईले मद्दत पुग्ने टोलका सचिव तारा देवी राई बताउनु भयो ।
त्यसैगरी लकडाउनको समयमा तेह्रथुमको फेदाप गाउँपालिका वडा नं. ५ इसिबुमा पनि १ महिने किरात सिरीजङ्गा लिपी लेखन तथा मातृभाषा शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको समाजसेवी सेसेहाङ् चोङ्बाङ्ले बताएका छन् । लकडाउनको समयलाई सदुपयोग गर्दै मातृभाषा शिक्षा लिनको लागि ३० जना प्रशिक्षार्थीहरु सहभागी भएका छन् । उक्त प्रशिक्षण कार्यको सहजीकरण धननारायण हाङस्रोङ र जितेन हुक्पाचोङबाङ्ले गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here