नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुग्याे

नेपालमा आज मात्रै थप कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।

0
97

२९ बैशाख । नेपालमा आज मात्रै थप कोरोना संक्रमितको संख्या २४ पुगेको छ । रुपन्देही, कपिलवस्तु र बर्दियामा गरी थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रुपन्देहीमा ६, कपिलवस्तुमा ६ र बर्दियामा १ जना गरी कुल १३ जनामा संक्रमण देखिएको हो । यसअघि आजै दिउसो सप्तरीमा १ र विहान कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण देखिएको थियो । नेपालमा कोरोना देखिएयता एकै दिन यति धेरै संक्रमित देखिएको यो पहिलो पटक हो । पछिल्लो संक्रमणसंगै नेपालमा कोरोनाबाट कुल संक्रमित हुनेको सख्ंया १३४ पुगेको छ ।डा अधिकारीले संक्रमण परेका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here