कोभिड-१९ संक्रमितको संख्या १२० पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान जारी गरेको सूचनामा नयाँ १० कोरोना संक्रमित देखिएको पुष्टि गरेको छ ।

0
85


२९ बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान जारी गरेको सूचनामा नयाँ १० कोरोना संक्रमित देखिएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार कपिलवस्तुका १० जनामा कोरोना भाइरस कोभिड–१९ पोजिटिभ देखिएको हो। कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभुमि नगरपालिका–७ र १० निवासी १८ देखि ३४ बर्षीय पुरुषहरू र १ जना उमेर नखुलेका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म सबैको स्वास्थ्य अवस्था सामान्य भएको र  उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले सूचनामा उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here