पर्यटनमन्त्रीले आगलागी पीडितलाई भने : पुनर्स्थापनाका लागि पहल गर्छु

0
112

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङका आगलागी पीडितलाई भेटेका छन् । आइतबार बिहान आगलागीस्थलको अनुगमन गर्न गृह जिल्ला आएका भट्टराईले पीडितहरुको पुनर्स्थापनाका लागि पहल गर्ने बताए । ‘आगलागी नियन्त्रण र उद्दारमा खटिनुभएका सबैलाई धन्यावाद भन्न चाहान्छु,’ पीडितको माग सुनेपछि उनले भने, ‘तपाईंहरुको मागप्रति सरकार गम्भीर छ, पुर्नस्थापना र संरचनाको पुननिर्माणमा छिट्टै सरकारले निर्णय गर्छ ।’ सरकारले नयाँ घर बनाउन केही रकम उपलब्ध गराउने, सहुलियत कर्जा दिने लगायतका सहहयोग गर्ने मन्त्री भट्टराईको भनाइ थियो । पीडितको तर्फबाट योगेन्द्रकुमार गुरुङले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा मिनाहा हुनुपर्ने, घर बनाउन र व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जाको व्यवस्था गरिदिनुपर्ने जस्ता साँत बुँदे माग राखे । फुङलिङ बजारमा शुक्रबार रातिको आगलागीमा ७ करोड ६५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । मन्त्री भट्टराईले यसअघि स्तरोन्ती भइरहेको सुकेटार विमानस्थलको समेत अनुगमन गरेका थिए । सँगै आएका राष्ट्रिय विपद् तथा राहत विभागका प्रमुख कार्यकारी अिधिकृत अनिल पोख्रलले ताप्लेजुङ आगलागी र बाढी पहिरोको जोखिमका दृष्टिले मुलुककै अगाडि रहेको बताए । जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयले योजना बनाइरहेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here