आगलागिबाट ७ करोड बढिको क्षति

0
187

ताप्लेजुङ,बैशाक २० गते । ताप्लेजुङको फुङलिङ बजारको पुरानो बैंक लाईनमा भएको आगलागिमा ७ करोड बढिको क्षति भएको छ । शुक्रबार राति भएको आगलागिबाट ७ करोड ६५ लाख ७२ हजार ७०० रुपैंया बराबरको क्षति भएको प्रारम्भि तथ्याङ्क संकलन गरिएको छ । कूल क्षति मध्ये व्यक्तिगततर्फ ७ करोड ४३ लाख २५ हजार र संस्थागततर्फ २२ लाख ४७ हजार ७०० रुपैंया क्षति भएको छ । संकलित तथ्याङ्क अनुसार आगोले ७ वटा पूर्ण रुपमा जलेको छ भने आगो फैलन नदिन आगो लाग्दै गरेको १ घर भत्काईएको छ । यो सहित आगोबाट भएको ८ घर पूर्ण रुपमा क्षति र अरु केहि घरमा आशिंक क्षति भएको छ । ८ घरमा रहेका २९ घर परिवारका मानिस बिस्थापित भएका छन् । आगलागिबाट नेत्र कार्की,खेमराज केसी,ठगबहादुर कार्की,नारायण भट्टराई,बिष्णु केसी,चन्द्रमाया लेछर्बो,रामकुमार शाह र चन्द्र निरौलाको घर जलेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जनाकारी दिनुभयो । दमकलको प्रयास र स्थानीयबासी,नेपाली सेना,नेपाल प्रहरी र शसस्त्र प्रहरीको अथक मेहनेतबाट आगो सुरु भएको करिव ३ घण्टा पछि नियन्त्रणमा आएको थियो । यता आगलागी पीडितलाई फुङलिङ नगरपालिकाले खाद्यन्य सामाग्री र जिल्ला रेडक्रसले भाडाँबर्तन, लतकपडा लगायतका आपतकालिन राहत वितरण गरेको समेत प्रजिअ निरौलाले बताउनुभयो । यता संस्कृती पर्यटन तथा नागरीक उडड्यन मन्त्री योगेश भट्टराईले ताप्लेजुङमा भएको आगलागी प्रति दुख व्यक्त गर्दै पुर्नस्थापनामा आफ्नो तर्फवाट आवश्यक पहल गर्ने बताउनुभयो । शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री भट्टराईले आगलागीबाट धनमाल गुमाएका जिल्लावासी दिदीबहिनी, दाजुभाइहरुप्रति सहानुभूति व्यक्त गरेका छन् । मन्त्री भट्टराईले पुनस्र्थापनाका लागि आफ्नो तर्फवाट आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त समेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here