ताप्लेजुङको आगलागी क्षेत्रको पुर्नस्थापनामा पहल गर्छु’ : मन्त्री योगेश भट्टराई

0
109

पाथीभरा पोष्ट, बैशाक २० गते । संस्कृती पर्यटन तथा नागरीक उडड्यन मन्त्री माननीय योगेश भट्टराईले ताप्लेजुङमा भएको आगलागी प्रति दुख व्यक्त गर्दै पुर्नस्थापनामा आफ्नो तर्फवाट आवश्यक पहल गर्ने बताएका छन् ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री भट्टराईले आगलागीबाट धनमाल गुमाएका जिल्लावासी दिदीबहिनी, दाजुभाइहरुप्रति सहानुभूति व्यक्त गरेका छन् । मन्त्री भट्टराई ताप्लेजुङ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पनि हुन् । ‘आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधिहरु र स्थानीय समुदायबाट भएको पहलले थप क्षति हुनबाट जोगिएको छ,’ जारी विज्ञप्तिमा लेखिएको छ ‘तत्काल उद्धार र राहतको प्रवन्ध मिलाउन स्थानीय प्रशासन र स्थानीय तहलाई अनुरोध गर्दछु ।’ मन्त्री भट्टराईले पुनस्र्थापनाका लागि आफ्नो तर्फवाट आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त समेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here