८ घर क्षति हुदा चार संस्था सहित ३७ परिवार विस्थापित

0
929

पाथीभरा पोष्ट । गयराति ताप्लेजुङ सदरमुका फुङलिङको बैंक लाईनमा भएको आगलागीको क्षतिको विवरण संकलन हुदै छ । शनिवार विहान देखि संकलन थालिको विवरण अनुसार ८ घर क्षति हुदा चार संस्था सहित ३७ परिवार विस्थापित बनेका जिल्ला दैविक प्रकोप उद्धार समितिले जानाएको छ । भण्डारी खाजा घर देखि सुरुभएको आगलागिबाट खेम केसिको चार तलाको पक्की घर,चन्द्र प्रसाद निरौला,नेत्र कार्की,खड्ग थापा,नारायण भट्टराई,रामकुमार साह,ठगबहादुर कार्की र हाङमाया लिम्बु घर जलेको हो । ११ वटा पसलमा क्षति हुदा जिल्ला फुटबल संघको कार्यालय,जिल्ला प्यापसन, नेपाली कांग्रेसको पार्टी कार्यालय र जिल्ला अलैंची महासंघको कार्यालय रहेको थियो । विस्थापित बनेकालाई राहातका लागि तयारी थालिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो । आगो के कारणले लागेको हो अनुसन्धान भइरहेको बताइएको छ । आगो प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना,स्थानिय बासी जिल्ला र पाँचथरबाट आएको दमकलले नियन्त्रण लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here