ताप्लेजुङमा आगलागी हुदा ७ घरमा रहेको ११ पसल जले

0
197

ताप्लेजुङ,बैशाक २० गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाको पुरानो बैंक लाईनमा आगलागी हदाँ ७ घरमा रहेको ११ पसल जलेर नष्ठ भएको छ । शुक्रबार करिब साढे १० बजे राति भण्डारी खाजा घरबाट आगलागी सुरुभएको थियो । आगलागीबाट कति क्षति भयो आज बिहान देखि लागत संकलन गरिने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो । आगलागीले स्थानीय खेम केसी, खड्क थापा, नेत्र कार्की,विनिता चिया पसल,सरस्वती पुस्तक पसल,कार्की पसल,भण्डारी खाजा घर,भट्टराई चिया पसल,सुदिर सिक्देलको इलोक्टोनिक पसल लगायतको घर तथा पसल जलेर नष्ट भएका छन् । आगलागीको कारण खुलेको छ्रैन । आगलागी नियन्त्रणमा नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको टोली सहित स्थानीय संयुक्त रुपमा चार घण्टा पछि नियन्त्रमा लिएको थियो । यसअघि २०६० चैत १५ गते सा“झ बिरेन्द्र चोकको आगलागिमा भएको थियो । त्यसवेला ४५ घर जल्दा ५१ करोड क्षती भएको थियो । २०७१ चैत ९ गते तोक्मे क्षेत्रमा भएको आगलागीमा ४४ घर जले । ४१ करोड बराबरको क्षती भएको थियो । २०६८ मा शेर्पाटोल र ६९ सालमा टुक्रे बजारमा आगलागि भएको थियो । शेर्पाटोलमा ८ करोड ५० लाख र टुक्रेमा ५ करोड क्षती भएको उद्योग बाणिज्य संघले जनाएको छ । आगलागिवाट नौ र पा“च घर जलेका थिए । बिरेन्द्रचोकको आगलागी टुकिबक्ति बाट भएको थियो । तोक्मेमा होटलमा रक्सी झान्दा सुरुभएको थियोभने र टुक्रेमा रोटि पकाउदा र शेर्पाटोलमा बिद्युत सर्ट भएर आगलागी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here