अमेरिकामा औषधिको परीक्षणले आशा जगायो

0
91

बैशाक १९ गते ।अमेरिकी वैज्ञानिकहरुले महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरस रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औषधि निकै प्रभावकारी रहेको बताएका छन् विश्वभर संक्रमितको संख्या बढ्दै गएको र आर्थिक विश्रृंखलता निम्त्याएको कोरोना भाइरसको औषधिले परीक्षणका क्रममा धेरै राम्रो काम गरेपछि सर्वत्र खुशीयाली छाएको छ । औषधिको परीक्षण निकै सफल भएको खबर सार्वजनिक भएसँगै त्यसको सकारात्मक असर वालस्ट्रिट सहित विश्वको शेयर बजारमा देखिएको छ । अमेरिकामा एक दशकयताकै सबैभन्दा खराब आर्थिक स्थिति देखिए पनि वालस्ट्रिटमा सकारात्मक प्रभाव देखिएको छ । अर्कातर्फ जर्मनीको पनि दोस्रो विश्वयुद्ध पछि पहिलोपटक अर्थव्यवस्था सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । कोरोनाभाइरसका कारण विश्वभर २ लाख २८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । यहीबीच कोरोना भाइरस महामारी फैलिएपछि पहिलोपटक विश्व स्वास्थ्य संगठनको आपतकालीन समितिको बैठक पनि यही बिहीबार बस्दैछ । रेमडेसिभर नामको औषधिको क्लिनिकल परीक्षणले मानिसको निको हुने दर करिब ३० प्रतिशतले बढेको देखाएको छ । हालसम्म यो औषधि नै नयाँ कोरोना भाइरसको उपचारमा सबैभन्दा सफल मानिएको छ । अमेरिकी इपिडिमियोलोजिस्ट डा एन्थोनी फचीले संवाददाताहरुसँग रेमडेसिभर औषधिको प्रभाव र असर निकै उत्साहप्रद रहेको बताउनुभयो । यो औषधि इबोला भाइरसका बिरामीका लागि भने असफल देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here