अन्तर्राष्ट्रिय श्रमिक दिवस, लाखौं मजदुर कामविहीन

0
189

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात मे १ तारिख । प्रत्येक वर्ष श्रमिक दिवसका अबसरमा विभिन्न मजदुर संगठनले अन्तक्र्रिया, चेतनामूलक र्‍याली जस्ता कार्यक्रम आयोजना गर्दै आएपनि कोरोना महामारीका कारण यस वर्ष कुनै पनि औपचारिक कार्यक्रम हुने छैन । जुनसुकै क्षेत्रका मजदुर पनि कामविहिन छन् । विकास निर्माणका कामहरू सबै ठप्प प्रायः छ भने उद्योग, व्यवसाय र कलकारखानाहरू बन्द छन् वैदेशिक रोजगारीका क्रममा रहेका लाखौँ नेपालीको अवस्था पनि उस्तै भयावह छ । सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो ।सन् १८८९ मा फ्रान्सको प्यारिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।नेपालमा विराटनगरमा २००७ सालको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । दिवसका अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले शुक्रबार अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा सन्देश दिँदै मुलुकमा पूर्ण लोकतान्त्रिक शासन प्रणालीसहित गणतन्त्र स्थापनामा नेपाली श्रमिक वर्गले पु¥याएको योगदानको स्मरण पनि गरेकी छन् । भने

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण श्रमिकको जीवन कष्टकर भएकोमा आफू दुःखी रहेको बताएका छन् । उनले श्रमिकले भोग्नु परेको पीडाप्रति आफू संवेदनशील रहेको भन्दै भोकै नराख्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर जीवनप्रति म अत्यन्तै दुःखी छु ।’ उनले भने, ‘घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन शुभकामना सन्देश व्यक्त गरेकf छन्


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here