कोरोना संक्रमितको संख्या ४२ पुग्यो

0
189

वैशाख ९ । नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको हो । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।  जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । मस्जिद रहेको गाउँका वासिन्दाको नमुना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here