फुङलिङ नगरपालिकाले १ लाख बढि प्रधानमन्त्रि कोषमा राहत जम्म ग¥यो

0
56

बैशाक ८ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले प्रधानमन्त्री मातहत रहेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा १ लाख बढि सहयोग गरेको छ । फुङ्लिङ नगरपालिकाले आफ्नो आन्तरिक आम्दानीबाट प्रधानमन्त्री मातहत रहेको कोषमा जम्मा हुने गरी १ लाख ११ हजार १११ रुपैयाँ सहयोग पठाएको हो । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला मार्फत प्रधानमन्त्री मातहत रहेको कोषमा सहयोग गरेको फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिनुभयो । आफ्नो कोषबाट बचाएर नगर साथै देशभरका नागरिकलाई सहयोग पुग्ने गरी सानो सहयोग प्रधानमन्त्री मातहत रहेको कोषमा रकम सहयोग गरेको ’नगरप्रमुख प्याकुरेलले भनाइ छ । नगरपालिकाले ११ वडाका विपन्न नागरीकलाई खाद्यन्य तथा दैनिक उपभोग्य बस्तु वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here