आइतबारदेखि भरी सिलिण्डर ग्यास बिक्री गरिने

0
102

२६ चैत । नेपाल आयल निगमले आइतबारदेखि  भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बुधबारको बैठकले १४.२ किलो (पूरै भरिएको) को सिलिण्डर ग्यास बिक्री विरतण खुला गर्ने निर्णय गरेको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले जानकारी दिए । निगमले सबै ग्यास उद्योगहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर ग्यास भर्न निर्देशन दिएको उनले बताए । बजारमा भएका आधा सिलिण्डर बिक्री सकिएपछि आइतबारबाट मात्रै भरी सिलिण्डर ग्यास बिक्री हुने घिमिरेले बताए । बजारमा खाना पकाउने ग्यासको माग उच्च भएपछि निगमले चैत १२ गते बेलुकी आधा सिलिण्डर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको थियो । चैत १६ गतेदेखि मुलुकभर आधा सिलिण्डर ग्यास  बिक्री भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here