ताप्लेजुङका तिन जानको स्वाब नेगेटिभ

0
26

चैत २६ गते । ताप्लेजुङबाट पठाइएको ३ जनाकै स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ । मंगलबार दिउँसो स्वास्थ्य कार्यालय ताप्लेजुङले कोरोना संक्रमण सम्बन्धी स्वाब परीक्षणका लागि पठाइएको ३ जनाकै रिपोर्ट नेगेटिभ आएको हो । उच्च ज्वरोका कारण जिल्ला अस्पतालको आइसोलेसन कक्षमा रहेका १ सहित चैत ४ गते कतार एयरवेजबाट फर्किएका एक युवा र भारतबाट फर्किएकी एक महिला गरी ३ जनाको स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको कोरोना संक्रमण फाँट हेर्ने फोकल पर्सन हेमराज कठायतले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here