टर्कीले आफ्ना ३१ शहरका सीमा बन्द गर्‍यो,कोरोनाका कारण विश्वभर ५९ हजार बढीको मृत्यु

0
32

२१ चैत । कोरोना भाइरसको संक्रमणले मृतकको संख्या बढ्दै गएपछि टर्कीले आफ्ना ३१ शहरका सीमा बन्द गरेको छ । कोरोनाको महामारी नियन्त्रण गर्ने भन्दै २० वर्ष भन्दा कम उमेरका सर्वसाधारणलाई आंशिक रुपमा कफ्र्यू नै लगाइएको समाचारमा जनाइएको छ । कोरोनाका कारण टर्कीमा अहिलेसम्म २० हजारभन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको समाचारमा जनाइएको छ । यसैबीच संयुक्त राष्ट्रसंघले कारोनाविरुद्धको विश्वव्यापी लडाइमा सबै देशलाई एकजुट हुन आह्वान गरेको छ । राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले युद्धरत राष्ट्रहरुलाई हतियार बिसाएर कोरोनाको महामरी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । यता कोरोनाका कारण विश्वव्यापी रुपमा ५९ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । कोरोनाका कारण विश्वभर प्रभावित भएका एक करोड भन्दा बढी मानिसमध्ये दुई लाख १७ हजार भन्दा बढी निको भएर घर फर्किएका छन् । अहिलेसम्म सबै भन्दा बढी इटालीमा १४ हजार ६ सय मानिसको मृत्यु भएको छ । यसैबीच अमेरिकाको न्युयोर्कमा कोरोनाका संक्रमितहरुको संख्या बढ्दै गएपछि देशका अन्य राज्यहरुबाट उपचार सामग्रीको व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here