तााप्लेजुङका तिन क्वारेन्टाइन मुक्त

0
77

ताप्लेजुङ,चैत २० गते । कोरोना संक्रमित युवतीसंगै एउटै जाहाजमा आएका ताप्लेजुङका एक युवासंगै परिवारका दुई सदस्य आज क्वारेन्टाइन मुक्त भएका छन् । जिल्ला विपत ब्यावस्थापन समितिको बैठकले संक्रमित युवतिसंगै यात्र गरेका युवा र उनको परिवारमा कुनेै संक्रमण नदेखिएको भन्दै आज विहान क्वारेन्टाइनबाट घर र्फकिएका हुन । फुङलिङ नगरपालिकामा ३ सहित २ गाउँपालिकामा गरी ६ जना क्वारेन्टाइनमा राखिएकोमा फुङलिङ नगरपालिकाका ३ जना घर फ्र्रकेका हुन । उनिहरुमा कुनै किसिमको संकेत नदेखिएको चिकित्सकहरुले बताएका छन् । यता जिल्लाको मिक्वाखोला गाउँपालिकाले स्वास्थ्यकर्मी अभावका कारण केही ढिलो मात्र क्वारेन्टाइन निर्माण सुरु गरेको छ । गाउँपालिकामा स्वास्थ्यकर्मी अभावले क्वारेन्टाइन निर्माण गर्न समस्या भएको गाउँपालिकाका प्रवतmा दिपेन्द्र लिम्बुले जानकारी दिनुभयो । क्वारेन्टाइनका लागि स्वास्थ्यकर्मीको अवश्यकता हुन्छ, हाम्रो पालकामा ३÷४ जना मात्र स्वास्थ्यकर्मी कार्यरत रहेकोले क्वारेन्टाइन निर्माणमा समस्या भएको थियो तर पालिकाले लकडाउनको समयमा पनि बैठक बसेर स्वास्थ्यकर्मी नियुतिm गरेर क्वारेन्टाइन निर्माण सुरु गरेको लिम्बुको भनाई छ । गाउँपालिकाको खोक्लिङ र लिवाङमा १०÷१० शैयाको क्वारेन्टाइन निर्माण सरु गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here