वीर अस्पतालमा कोरोना शंकास्पद दुई जनाको मृत्यु, थ्रोट स्वाव टेकु पठाईयो

0
110

चैत १७ । वीर अस्पतालमा कोरोना शंकास्पद दुई जनाको मृत्यु भएको छ । दुबैको थ्रोट स्वाव झिकेर कोरोना परीक्षणका लागि टेकु पठाइएको छ । दुबैको रिपोर्ट भने आउन बाँकी छ ।

वीर अस्पतलाका निर्देशक डा केदार सेन्चुरीका अनुसार अत्यधिक ज्वरो आएको भन्दै काठमाडौँ सतुंगल क्षेत्रका एक जना ३४ बर्षीया महिलालाई हिजो बेलुका अस्पताल ल्याइएको थियो । उनको आज विहान निधन भएको हो । अत्यधिक ज्वरो आएको भन्दै ल्याइएको महिलालाई विहान पख निमोनियाको लक्षण देखिएको थियो । 

यस्तै आज विहान अर्का एक जना ५० बर्षिय पुरुष लगभग बेहोस अवस्थामा ल्याइएको थियो । ‘उनको ट्राभल हिस्ट्री हेर्दा भर्खरै भारतबाट आएको भन्ने रहेछ । ज्वरो अत्यधिक थियो । उपचारकै क्रममा उनको केहीबेर अघि दिउसो निधन भएको हो,’डा सेच्नुरीले भने । 

पछिल्लोसमय कोरोना संक्रमितको संख्या बढ्दै जाँदा संकास्पद कोरोनाका विरामीको समेत मृत्यु भएको भन्ने खबरहरु पनि बढ्न थालेको छ । चितवन र बुटवलको कोरोना विशेष अस्पतालमा एक एक जनाको मृत्यु भएपछि आज विहानै पाटनमा अर्का एक जना संकास्पदको समेत मृत्यु भएको बताइएको थियो ।यद्धपी पाटनले मृत्यु हुने व्यक्ति कोरोनाको आइसोलेसनमा रहेको नभई आसीयूमा रहेको विरामी भनेको छ । चितवन र बुटवलमा मृत्यु भएका व्यक्तिको रिपोर्ट भने नेगेटिभ आइसकेको छ । नेपाली हेल्थ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here