0
74

चैत्र १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा कोरोनाबाट मर्नेको संख्या एक लाखमा सीमित गर्न सके अमेरिकी प्रशासनले ‘धेरै राम्रो काम’ गरेको सिद्ध हुने बताएका छन् । एक महिनाका लागि देशभित्रको बन्धन विस्तार गर्दै राष्ट्रपति ट्रम्पले ‘यदि उनको प्रशासनले मृतकको संख्या एक लाखमा सीमित राख्न सक्यो भने यसले ‘धेरै राम्रो काम’ गरेको ठहर्ने बताएको दि गार्जियनले लेखेको छ । आगामी अप्रिल १२ अर्थात् इस्टरबाट अर्थतन्त्र फेरि पूर्ववत हुने बताउँदै उनले आफ्नो भनाइमा परिवर्तन गरेका हुन् । जनस्वास्थ्यका विशेषज्ञहरुले यही पारा हो भने मृतकको संख्या दुई लाख हुन सक्ने चेतावनी दिएलगत्तै उनले यस्तो बताएका हुन् । विशेषज्ञ, जनस्वास्थ्यविद र वैज्ञानिकहरुले कोरोनाभाइरस महामारीको सबैभन्दा खराब अवस्था आउने वास्तविकतालाई सामना गर्न ट्रम्प प्रशासनलाई बारम्बार सचेत गराइरहेका छन् ।

गार्जियन लेख्छ, ‘ह्वाइट हाउसस्थित रोज गार्डनमा बोल्दै राष्ट्रपति ट्रम्पले झूटा कुरा गरेर फेरि एकताका लागि गर्न सकिने अपीललाई कमजोर बनाए । पत्रकारलाई मौखिक रूपमा दुब्र्यवहार गरे र आफ्ना सल्लाहकारले हतारमा कुनै कदम नचाल्न आग्रह गरेको भन्दै १ जुनसम्ममा अवस्था सामान्य भैसकेने आशा व्यक्त गरे ।सरकारी निर्देशनमा समूहमा ठूला भेला नगर्न, वृद्ध व्यक्ति र स्वास्थ्य समस्या भएका जो कोहीलाई घरमा बस्न आग्रह पनि गरिएको छ । मानिसहरूलाई सम्भव भएसम्म घरबाट काम गर्न आग्रह गर्दै रेस्टुरेन्ट, बारहरू, अनावश्यक यात्रा र सपिंगबाट अलग रहन आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here