पाथीभरा म्याराथुनको उपाधि सुमन र सुनमायाको पोल्टामा

0
151

ताप्लेजुङ,फागुन १३ गते । पाथिभरा म्याराथन प्रतियोगिताको खुल्लातर्फको उपाधि सोलुखुम्बुका सुमन कुलुङले हात पारेको छ भने महिला तर्फको उपाधि जुम्लाकी सुनमाया बुढाले जितेका छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथिभरा मन्दिरसम्मको ५४ किलोमिटर दूरी कुलुङले ४ घण्टा १३ मिनेटमा पारा गर्दै १ लाख ५१ हात पारेका हुन भने महिला तर्फको ८१ हजार बुढाले हात पारेका छन् । बुढाले ३ घण्टा ३८ मिनेटमा पूरा गर्नुभएको थियो ।
खुल्ला तर्फ पाँचथर फिदिमका प्रताप थाम्सोहाङ दोस्रो हुनुभयो । उहाले ४ घण्टा १४ मिनेटमा निधारित दूरी पूरा गर्नुभयो । ४ घण्टा २९ मिनेटमा पूरा गरेका रुकुम मुसिकोटका दुर्गाराज बुढा तेस्रो हुनुभयो । महिलातर्फ भने पाथिभरा क्षेत्रको काफ्ले पाटीसम्म ४४ किलोमिटर तय गरीएको थियो । नेपाल आर्मी क्लवकी सरिता बासी ३ घण्टा ४८ मिनेटको दुरी पार गदै दोस्रो हुनुभयो । धादिङ धुनिबेसींका रसिला तामाङ तेस्रो हुनुभयो ।
महाशिवरात्रि तथा सेना दिवसको अवसरमा आयोजित पाथिभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको अन्तिम दिन म्याराथन प्रतियोगिता भएको हो । खुलातर्फका उप–विजेताले १ लाख ११ र तेस्रोले ५१ हजार रुपैयाँ प्राप्त गरे । महिलातफ दोस्रो र तेस्रोले क्रमशः ८१, ५१ र ३१ हजार पुरस्कार पाएको म्याराथन संयोजक यीगेन्द्रकुमार गुरुङले जानकारी दिनुभयो । उत्कृष्ट १० लाई प्रोत्साहन पुरस्कार प्रदान गरिएका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here