पाथीभर म्याथुन तथा मेची पर्यटक महोत्सव सरु

0
115


ताप्लेजुङ,फागुन गते । पाथीभरा म्याथुन तथा मेची पर्यटक महोत्सव ताप्लेजुङ आज (शुक्रबार) देखि सुरुभएको छ । महोत्सव अन्तरर्गतको कलशयात्र फुङलिङ नगरपालिकाको तोम्मेडाँडा देखि चणेश्वर मन्दिर शिद्धिडाँडामा पुगेर सम्पन्न भएको थियो ।
महोत्सवको उद्घाटन प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले आज दिउँसो गनुहुने भएको छ । महोत्सवको अवसरमा फङलिङ बजार ध्वजापतंवाले दुलही झै सजाइएको छ । पहिलो दिन शुक्रवार भारतीय तथा स्थानिय कलाकारको प्रस्तुति रहने छ । आजनै साहितिक कार्यक्रमको आयोजना समेत गरिएको पाथीभरा म्याराथु तथा मेची पर्यटक महोत्सव आयोजक समितिका संयोजक तरानाथ घिमिरलेले जानकारी दिनुभयो ।
पाथीभरा साथै मेचीको धार्मीक तथा पर्यटकिय स्थलहरुको प्रचारप्रसार गर्ने उदेश्यका साथ आयोजना गरिएको महोत्सवमा पर्यटकिय स्थलहरुको फोटो प्रदशनी,कृषि मेला, विभिन्न जातजातिको खाद्यय परिकार,अन्तिराष्ट्रि बुदिचाल प्रतियोगिता,म्याथुन, पालिका स्तरिय महिला फुटबल,पालिका स्तरको पुरुष भलिबल साथै लोपहुने अवश्थामा पुगेको भेडाको समेत प्रदशनी गरिने संयोजक घिमिरेले जानकारी दिनुभयो ।
यात फागुन ९ गते देखि १३ गते सम्म हुने महोत्सवमा हेलिकोप्टरबाट शुलभ रुपमा पाथीभरा मन्दिर दर्शन साथै जिल्लाको पर्यटकीय क्षेत्रहरु ओलाङचुङगोला,कञ्चानजंघाबेश क्याम,फुङफुङ्घे झरना, तिम्बुङ पोखरी लगायतका स्थलको अवलोकनका ब्यवस्था गरिएको महोत्सव उपसमितिका संयोजक सुरेश लिम्बले जानकारी दिनुभयो । महोत्सवका जिल्ला सथै पांचथर,इलाम,झापा लगायत उद्योग वाणिज्य संघले समेत सहभागिता जनाएको छ । महोत्सवको आयोजना पाथभिरा मन्दिर संरक्षण तथा संम्वद्धन समिति,पाथीभरा क्षेत्र विकास सहित विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले आयोजना गरेकाहो । मेची पर्यटक महोत्सव गत साल इलाममा आयोजना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here