आज प्रदेश १ मा सार्वजनिक बिदा

0
118

माघ १ ।  प्रदेश १ सरकारले माघ १ गते आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जातियता, सांस्कृतिक तथा भूगोलको आधारमा नेपालमा विभिन्न विविधता रहेको भए पनि यो पर्वलाई सबैले भिन्न–भिन्न तरिकाले मनाउँछन् । यस पर्वलाई थारु समुदायले नयाँ वर्षको रुपमा पनि मनाउँछन् । यसरी नेपालभर छरिएर बसेका राई, मगर, लिम्बु,नेवार, गुरुङ, ब्रह्मण, क्षेत्री, मधेसी आदि सबैले आफ्नै परम्परा र भिन्न–भिन्न तरिकाले यस पर्वलाई मनाउँछन् । 

‘प्रदेश सरकार, प्रदेश नं. १ मन्त्रिपरिषद्को निर्णयअनुसार माघे संक्रान्ति एवम् माघी वर्षको अवसरमा मिति २०७६ माघ १ गते सार्वजनिक बिदा हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, मंगलबार प्रदे सरकारको तर्फबाट जारी सूचनामा भनिएको छ । 

मंगलबार नै कर्णाली प्रदेशलेसमेत माघीको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here