१० हजार स्वास्थ्यकर्मीलाई तालिम दिएर दादुरा-रुवेला रोगविरुद्ध खोप अभियान सञ्चालन हुँदै

0
52

१ पुस । सरकारले दादुरा रुवेला रोग विरुद्धको खोप अभियान शुरु गर्नु अघि १० हजार बढी स्वास्थ्यकर्मीहरुलाई विशेष तालिम दिने योजना बनाएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले प्रदेश सरकारसंग समन्वय गरी १० हजार बढी स्वास्थ्यकर्मीलाई तालिम दिने योजना अघि सारेको हो । महाशाखाद्धारा आज आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठले खोप अभियानका तत्कालिन गाविसबाट २ जनाको दरले र नगरपालिकाबाट गरी करीब १० हजार बढीलाई तालिम दिन लागिएको बताए । उनले यो तालिम स्वास्थ्य सेवामा प्रवेश गरेका नयाँ स्वास्थ्यकर्मी र पछिल्लो तीन बर्ष यता तालिममा सहभागी नभएकाहरुलाई प्राथमिकता कायम गरी दिन लागिएको समेत जानकारी दिए ।

त्यसो त यो अभियानमा एक लाख बढी स्वयंसेवक परिचालन हुँदैछन् । यस्तै १० हजार बढी स्वास्थ्यकर्मी समेत खटिनेछन् ।सन् २०२३ सम्म दादुरा निवारण गर्ने लक्ष्य अनुरुप सरकारले आगामी फागुन महिना भर प्रदेश नं १, २, ५ मा र चैत महिनाभर प्रदेश नं ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा यो अभियान शुरु गर्दै छ ।बालकल्याण महाशाखा अन्तरगर्त खोप शाखा प्रमुख डा झलक गौतमले यो अभियानमा ९ महिना देखि ५ बर्ष उमेर समूहका ३० लाख बालबालिकालाई कभरेज गर्ने र तराईँका १९ जिल्लाका १५ लाख बालबालिकालाई पोलियो थोपा समेत खुवाउने योजना रहेको सुनाए ।
अभियानका लागि १ लाख बढी स्वयंसेवक र १० हजार बढी स्वास्थ्यकर्मी परिचालन हुनेछन् ।

अहिलेसम्म नेपालमा १६ हजार बढी नियमित खोप केन्द्र रहेको र अभियानका लागि थप बढाएर खोप केन्द्रको संख्या ४५ हजार बढी पु¥याउने समेत डा गौतमले बताए ।

नेपालका खोप कार्यक्रमलाई ग्लोवल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेशन (गाभी)को ठूलो सहयोग गरेको छ । खोप प्रमुख डा गौतम भन्छन्, ‘यो अभियानमा पनि गाभीको सहयोग रहेको छ ।’सरकारले नियमित खोप अभियानका लागि बार्षिक रुपमा १ अर्व ६५ करोड रुपैयाँको खोप खरीद गर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here