स्वच्छ,सफा,स्वास्थ्य र पोषयुक्त नगर बनाउन, फुङलिङका जनप्रतिनिधिको प्रतिवद्धता

0
129


ताप्लेजुङ,पुष १ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका जनप्रतिनिधिहरुले पालिकालाई स्वच्छ,सफा,स्वास्थ्य र पोषयुक्त बनाई समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानलाई सफल बनाउन प्रतिवद्धता जनाएका छन् । नगरपालिकाका जनप्रतिनिहरुले एकीकृत पोषणसंग सम्बन्धित नीतिगत ब्यवस्था तथा कायन्वयनलाई सुदृढ गर्न स्थानिय पोषणयुक्त खानालाई प्रोत्साहन गर्ने तथा ब्यवहार परिर्वतनमा दिगोपन ल्याउनका लागि प्रचारप्रसार गर्ने नीति लिने,गुणस्तरीय सेवा सबै शाखाहरु (स्वास्थ्य,शिक्षा,कृषि,खानेपानी,पशससेवा,सरसफाई र महिला विकास)मा सुनिश्चित गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने, पालिकाका सबै जनताहरुमा सुरक्षित पानीको पहुँच पु¥याउने,सरसफाईयुक्त पालिका बनाउन प्रतिबद्धता जनाएको सुआहारा ताप्लेजुङका हिमाल तिमल्सिनाले बताउनुभयो ।
नगरमा (आइतबार र सोमार) दुई दिन सम्म भएको कार्यशालमा स्थानिय सरकारले तय गरेका मापदण्ड पुरा गर्न सेवाग्राहिलाई प्रोत्साहन गर्ने,विद्यालयमा हाताभित्र जङ्घ फुडको प्रयोगमा निरुत्साहित गर्ने,“एक घर एक करेसाबारी,बाह््ै महिना हरिया तरकारी” अभियान सञ्चालन गर्ने, पालिकाको अन्तरसम्बन्धित शाखाहरुको बीचमा त्रैमासिक प्रगतिको समिक्षा गर्ने लगातका विषयमा समेत प्रतिवद्धता जानएका हुन । जिल्लामा पोषणको क्षेत्रमा काम गदै आएको सुहारा कार्यक्रमले आयोजना गरेको कार्यक्रममा नगरको आवधिक योजना निर्माण गरी एकीकृत पोषणका सुचकहरु समावेश गर्ने,नगरमा रहेका एककिृत कार्यक्रम सञ्चालन गर्ने कर्मचारीहरुलाई नियमित रुपमा क्षमता अभिवृद्धि गर्ने,पोषण कार्यक्रम सञ्चालन गर्न स्थानिय स्वयंसेवक तथा कर्मचारी नियुक्ति गरी परिचालन गर्ने प्रतिवद्धता जनाएका हुन ।
कार्यक्रममा फुङलिङ नगरपालिका मेयर छत्रपति प्यकुरेल,उपमेयर बमबहादुर भट्टराई,नगरका ११ वडाका वडाध्यक्ष,नगरका विभिन्न विषयगत समितिका पदाधिकारी लगायतले प्रतिबद्धता जनाएको कार्यक्रमको सहजिकारण सुआहारा स्वास्थ्य ब्यवस्थापक मिन ज्ञवाली,शुसासन मेनेजर हरेन्द्र चन्दअनुगमन मूल्याकन ब्यवस्थापक सुवास योगी लगायतले गरेको तिमल्सिनाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here