बागलुङ जिप दुर्घटना, मृतकको संख्या १४ पुग्यो

0
104

मङ्सिर १७,बागलुङको बडिगाड गाउँपालिका–७ घोपर्नामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला जादै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गुल्मीको इस्माबाट कुलपुजाको लागि निसिखोलाको बायोखोला जाँदै गरेका गुल्मीका ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिनुभयो । घाइते तीन जनालाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ पठाईएको र उद्धार कार्य जारी रहेको एसपी भट्टले बताउनुभयो । जीपमा १८ जना सवार थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here