ताप्लेजुङ । कार्तिक २५ गते
नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउँदैमा नेपाली भुमी फिर्ता नहुने बताएका छन् ।
सचेत नेपालीको शान्तीपुर्ण संघर्ष र सरकारले कुटनीतिक पहलबाट मात्रै नेपाली भुमीको रक्षा गर्न सकिने धारणा राखे । तरुण दल ताप्लेजुङद्धारा सोमबार ताप्लेजुङ सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै उने यस्तो बताएका हुन् ।
भारतले केहि दिनअघि नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो बनाई नयाँ नक्शा सार्वजनिक गरेपछि केहि संघ संगठनले उत्तेजित भएर आन्दोलन गरेको फर्त संकेत गर्दै बस्नेतले भने, ‘राष्ट्रियता हामीमा पनि छ, नेपालको एक मुठ्ठी माटो पनि कसैले लगेमा तरुण दललाई मान्य हुँदैन, अब कालापानीमा गएर शान्तीपुर्ण आन्दोलन गर्छौं ।’
तत्काल देखिने गरिको कदम चाल्न सरकारलाई उनले आग्रह समेत गरे । फरक प्रशंगमा बस्नेतले तरुण दलमा कुनै पनि गुट नरहेको दाबी गरे ।
बस्नेत ताप्लेजुङ प्रवेश गर्दा तरुण दलले मोटरसाइकलले स्कर्टिङ गरेर नगर परिक्रमा गराएको थियो । सय बढी संख्यामा मोटरसाइकलसहितको ¥यालीले बजार परिक्रमा गरि होटल जरामा कार्यक्रम गरिएको तरुण दल जिल्ला अध्यक्ष खगेनसिंह हाङ्गामले बताए ।
कार्यक्रममा दरुण दलका पूर्व महासचिव पदम पालुङ्वा, नेपाली कांग्रेस जिल्ला सहस्यहरु अमिर मादेन, जंग सुनुवार, नेपाल विद्यार्थी संघ पूर्व जिल्ला सचिव केवल मादेन, नेपाल शिक्षक संघ केन्द्रिय सदस्य शिला इजम, टे«ड युनियन कांग्रेस अध्यक्ष गणेशबाबु निरौला लगायतले बोलेका थिए । दरुण दलका जिल्ला सदस्य क्षितिज सुनुवारले कार्यक्रम सञ्चालन गरेका थिए ।