ताप्लेजुङमा कांग्रेसको चियापान

0
167


नेपाली कांग्रेसले ताप्लेजुङमा चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । फुङलिङ नगर समितिको आयोजनामा सदरमुकाम फुङलिङस्थित उद्योग वाणिज्य संघको हलमा कार्यक्रम भएको हो ।

२०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।

कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल, उपप्रमुख बमबहादुर भट्टराईं, सत्तारुढ नेकपाका प्रतिनिधि, कांग्रेस पूर्व जिल्ला सभापति केशव प्रसाद दाहाल, नेता दिपेन्द्रकुमार सेन्दाङलगायत, कांग््रेस नेता कार्यकता, पत्रकारको उपस्थिति थियो ।

कार्यक्रमका सहभागिले एकापसमा शुभकामना आदानप्रदानका साथै मुलुकको समसामयीक विषयमा समेत चर्चा भएको कांग्रेस नगर सभापति शिवकुमार गुरुङले जानकारी दिए ।

नेकपाले यसअधि नै चियापान सम्पन्न गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here