लिम्बु विद्यार्थी मञ्चको अध्यक्षमा लक्सम

0
175


ताप्लेजुङ । लिम्बु विद्यार्थी मञ्चको केन्द्रिय अध्यक्षमा इन्द्रकुमारी (दीपा) लक्सम निर्वाचित भएकी छन् । सोमबार ताप्लेजुङमा सम्पन्न नवौं महाधिवेशनले आगामी कार्यकालका लागि लक्समको नेतृत्वमा ३९ सदस्यिय समिति चयन गरेको हो ।

मुलुकभरका लिम्बु विद्यार्थीहरुको साझा संस्थाको वरिष्ठ उपाध्यक्षमा नितेश सिङघक, उपाध्यक्षहरु विक्रम शेर्मा, रामकुमार लिङ्दम, राजेश लिम्बु, दमन्ता साँवा र मोहन मावो रहेको पूर्व सचिव प्रजिन हाङवाङले जानकारी दिए ।

त्यस्तै महासचिवमा गुल्सन आङवुहाङ, उपमहासचिव प्रदिप नेयोङ र सागर चेमजोङ सचिव सेनी तुम्बापो, ताराविर लिम्बु, प्रविण सेलिङ र डिल्ली लिम्बु तथा कोषाध्यक्ष मनकुमार लिम्बु निर्विरोध भए ।

मञ्चको प्रदेश १ का १३ जिल्लामा जिल्ला शाखा र एउटा काठमाडौं उपत्यका शाखामा १० हजार बढी विद्यार्थी आबद्ध रहेको हाङवाङले बताए । लोकगायक खगेन्द्र यक्सोको अध्यक्षतामा २०५५ सालमा मञ्चको स्थापना भएको थियो ।

लिम्बु मात्री भाषामा व्यवहारिक शिक्षा लागु गर्ने मञ्चको मुख्य उद्देश्य रहेको र त्यसमा लागिपर्ने नवनिर्वाचित अध्यक्ष लम्समले बताइन् । फुङलिङमा आइतबार सुरु महाधिवेशनको प्रदेश १ का आर्थीक मन्त्री इन्द्र आङ्वोले उद्घाटन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here