नेपाल लाईफद्धारा २६ लाख ६२ हजार मृत्युदावी भुक्तानी

0
1390


नेपाल लाइफ इन्स्योरेन्स ताप्लेजुङले मृत्युदावी रकम भुक्तानी गरेको छ । बिमीत फुङ्लीङ नगारपालिका वडा नं. २ निवासी स्व. दिलमाया शंखरको परिवारलाई रु २६ लाख ६२ हजार ५ सय प्रदान गरेको हो ।

विहिबार बिहान फुङलिङस्थित होटल माउण्टेनको हलमा आयोजित कार्यक्रममा मृतकका श्रीमान गंगा शंकरलाई प्रदान गरिएको शाखा प्रमुख हिमाल राईले बताउनुभयो ।

राईका अनुसार स्व. शंकरले प्रथम बिमाशूल्क बापत २ लाख १४ हजार ८ सय ६८ बिमा शूल्क रुपैयाँ जम्मा गरी २०७४ फाल्गुणमा २० बर्षे नौलो जीवन समृद्धि बिमा योजनामा २५ लाख रुपैयाँको बिमा गर्नुभएको थियो ।

२०७५ पौषमा निधन भएको थियो । बिमाङ्क २५ लाख र एक बर्षको बोनस बापत १ लाख ६२ हजार ५ सय एकमुष्ट हस्तान्तरण गरिएको राईले बताउनुभयो ।

कार्यक्रममा जिल्लास्थित सञ्चारकर्मी, नेपाल लाइफका बरिष्ठ एजेञ्सी मेनेजर, एजेञ्सी मेनेजर, ब्रान्स मेनेजर, अभिकर्ता लगायतको उपस्थिति थियो ।

रकम हस्तान्तरण गर्दै बिमा अभिकर्ता संघ नेपाल लाईफका अध्यक्ष भीम प्रकाश दाहालले अरु बिमा कम्पनी भन्दा नेपाल लाइफको बोनस दर बढी भएकैले धेरैको आकर्षण रहेको बताउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here