ताप्लेजुङमा संविधान दिवसको कार्यक्रम सुरु

0
84


असोज २ गते । संविधान दिवसको पूर्वसन्ध्यामा फुङलिङ बजारको तोक्मे हटिया क्षेत्र सरसफाई गरिएको छ । जिल्लास्थित जनप्रतिनिधि, कार्यालय प्रमुख, राजनीतिक दलसहित स्थानीयको टोलीले सरसफाइ गरेको हो ।

संविधान दिवसको मुख्य कार्यक्रम असोज ३ गते भए पनि बिहीबारदेखि मनाउन सुरु गरिएको छ ।
‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने मूल नारा तय गरेको सरकारले यस वर्षको दिवसलाई विशेष महत्व दिएको छ ।

वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज, भोलि र पर्सि घरघरमा राष्ट्रिय झण्डा फहराउन सरकारले आह्वान गरेको छ ।
सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निर्देशिका समेत परिवर्तन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here