मन्त्री भट्टराईमाथि दु्रव्यवहार गर्नेलाई कारवाही गर्न ताप्लेजुङ नेकपा को माग

0
543

ताप्लजेजुङ,भदौ २९ । टीकापुरमा आयोजित डल्फिन महोत्सवको कार्यक्रममा सहभागी बनेर काठमाडौ फर्कने क्रममा नेपालगञ्जमा संस्कृति,पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेशकुमार भट्टराईमाथि अभद्र व्यबहार भएको भन्दै नेकपा ताप्लेजुङले निन्दा प्रकट गरेको छ । आईतवार नेकपा ताप्लेजुङले पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री भट्टराई माथि भएको अभद्र हर्कतलाई निरुत्साहित गर्न अपिल गरेको छ । नेकपा ताप्लेजुङका कार्यालय सचिव राजेश प्याकुरेलद्धारा हस्ताक्षरित बिज्ञप्तीमा मन्त्री भट्टराईमाथि अभद्र व्यवहार गर्ने ज्ञानेन्द्र शाहीसहित घटनामा संलग्नलाई कारवाही गर्न नेपाल सरकार समक्ष माग गरिएको छ । नेकपा ताप्लेजुङले पत्रकार सम्मेलन मार्फत शाही सहितका मानिसहरुबाट भएका अभद्र हर्कतले मुलुकलाई अस्थिरता,अराजकता र प्रतिगमन तर्फ लाने जबरजस्त प्रवृतिलाई इंगित गरिरहेको बताएको छ । मन्त्री भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here