प्रहरी अध्ययनशील बन्नुपर्छः मन्त्री भट्टराई

0
39


ताप्लेजुङ
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रहरी कार्यालयमा स्थापना गरिएको ‘समुदाय–प्रहरी पुस्तकालय’ लाई सहयोग हस्तान्तरण गरेका छन् ।

मन्त्री बनेपछि पहिलोपटक गृह जिल्ला आएका भट्टराईंले नेपाल पुर्नबिमा कम्पनीले उपलब्ध गराएको तीन लाखको चेक फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेललाई हस्तान्तरण गरे ।

मन्त्री भट्टराईंको पहलमा उक्त रकम कम्पनीका महेश गुरागाईंले पुस्तकालयमा पुस्तक खरिदका लागि सहयोग गरेका हुन् । विहिबार बिहान जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा उनले प्रहरी अध्ययनशील बन्नुपर्ने बताए ।

‘शान्ती सुरक्षा र अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी अध्ययनशील हुनुपर्छ,’ उनले भने, ‘प्रहरीले कसरी समुदायसँग साझेदारी गर्छ, प्रहरी कसरी समुदायकै एउटा अंग हो, भन्ने विषयलाई यो पुस्तकालय स्थापनाले थप स्पष्ट पारेको छ ।’ प्रहरी कार्यालयमै पुस्तकालय स्थापना गरिनु अनुकरणिय रहेको उनको भनाई थियो ।

मेयर प्याकुरेलले पुस्तक खरिदमा सहयोग जुटाइदिएकोमा मन्त्री भट्टराईलाई धन्यवाद दिए । प्रहरी प्रमुख संञ्जयसिं थापाले उक्त रकमले पुस्तकालयमा जिवन, जगत, संस्कार, संस्कृति बुझाउने खालमा पुस्तक खरिद गरेर राख्ने बताए ।

यसअघि स्थानीय शिक्षासेवी डिल्लिारमण बरालले १० हजार रुपैयाँ मूल्य बराबरको पुस्तक उपलब्ध गराएका थिए । भट्टराईले बिहान १० बजे सुकेटार विमानस्थलको अवलोकन गरेको प्रमुख स्वकिय सचिव प्रेम गुरागाईंले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here