नेकपाले टुंग्यायो ३३ ओटै विभागको स्कूल विभागमा पोखरेल, नारायणकाजीलाई प्रचारको जिम्मा

0
36

साउन ३१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा मुख्य नेताहरुले नै विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई विदेश, झलनाथ खनाललाई नीति, अध्ययन प्रतिष्ठान, वामदेव गौतमलाई संगठन विभाग प्रमुखको जिम्मेवारी तोकेको हो ।

अन्ततः पूर्वमाओवादी केन्द्रपक्ष पोखरेललाई नै स्कुल विभाग प्रमुख मान्न तयार भएको हो ।

प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ र अर्थ तथा योजनामा सुरेन्द्र पाण्डे विभागीय प्रमुख बनेका छन् ।

शुक्रबार बसेको बैठकले ३३ ओटै विभागीय प्रमुखको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here