हराएको दुई दिन पछि दुई वर्षिय बालिका फेला

0
408

ताप्लेजुङ,साउन १५ गते । ताप्लेजुङमा दुई दिन देखि हराएकी दुई वर्षिय बालिकाको सकुशल फेला परेकी छन् । जिल्लाको सिरिजंघा गाउँपालिका–१ की दुई वर्षिया बालिका सुम्निमा लिम्बु हराएको दुई दिनपछि सकुशल फेला परेकी हुन । साउन १२ गते दिउँसो घरैबाट हराएकी लिम्बुलाई प्रहरीले नजिकैको जंगलमा मंगलबार फेला पारेको हो । बालिकाका बाबुआमा काममा गएका थिए । बालिका हजुरबासँग घरमै बसेकी थिइन् । उनी कसरी जंगलमा पुगिन् भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी सञ्जय सिंह थापाले बताउनुभयो । “घटनाको थप अनुसन्धान भइरहेको छ,” डिएसपी थापाले भन्नुभयो । बालिका खोज्नका लागि डिएसपी थापाको टोली नै गाउँ पुगेका थिए । यता बालिका हराए पछि बालिकाको आमाले विष सेवन गरेकी थिइन । बालिका हराएपछि पिरमा परेका आमाको जिल्ला अस्पताल फिदिममा उपचार हुन नसकेपछि अहिले धरानको घोपामा उपचार भइरहेको समेत प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here