सिसिटिभी मोनटरिङ कक्षको स्थापन

0
201

ताप्लेजुङ, साउन १० गते । जिल्लाको शान्ती सुरक्षालाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न ताप्लेजुङ प्रहरीले सिसिटिभी मोनिटरिङ कक्षको स्थापना गरेका छ । बिहिवार नवनिर्मित प्रहरी नियन्त्रण तथा नागरिक सहायता कक्ष र संञ्चार तथा सिसि टिभी मोनिटरिङ् कक्षको संयसक्त रुपमा उद्घाटन गरिएको हो । । फुङ्लिङ नगरपालिकाको ११ लाख रुपयाँ तथा जिल्ला प्रहरी कार्यालयको २ लाख वरावरको सहयोगमा सो कक्ष निमार्ण गरिएको बताईएको छ । प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरिक्षक संञ्जयसिं थापाका अनुसार अव बजार क्षेत्रको ३० स्थानमा नयाँ सिसि क्यामेरा जडान गर्ने तयारी भैरहेको छ । यसरी सुविधायुक्त कक्षवाट सिसिटिभी मोनिटरिङ हुन थालेपछि नगर क्षेत्रको शान्ती सुरक्षामा थप सहयोग पुग्ने समेत डिएसपी थापाको विश्वास छ ।
७ लाख ८३ हजार ३ सय ९३ रुपैयाँको लागतमा निर्मित भवनमा प्रहरी नियन्त्रण कक्ष समेत सञ्चालन गरिएको छ । स्थानिय नागरिककै आर्थिक तथा जिन्सी सहयोगमा सो भवन निमार्ण गरिएको भवन निमार्ण समितिका अध्यक्ष जसवहादुर चेम्जोङ् लिम्बूले जानकारी दिएनुभयो ।
कक्षको फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल तथा प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले सयुंक्त रुपमा उद्घाटन गर्नुभएको थियो । जिल्ला सदरमुकाम समेत रहेको फुङ्लिङ नगरलाई प्रविधि (सिसि टिभी) को पहरेदारीमा सुरक्षा दिने उद्देश्यले २०७२ सालमा नगरक्षेत्रमा जडित सिसि क्यामेराले प्रभावकारी रुपमा काम नगरेकाले यसलाई मर्मत संम्भार गरि नयाँ ढंगले सुरुवात गरिएको समेत डिएसपी थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here