झुठो विवरण पेश गरेर नागरिकता बनाउन खोज्ने काका भतिज थुनामा

0
151


ताप्लेजुङ, साउन ६ गते ।

झुठो विवरण पेश गरेर नागरिकता बनाउन खोज्ने दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । भारतको नागाल्याण्ड घर भएका २० वर्षिय राजु चौलागाँई र झापाको दमक निवसी ३४ वर्षिय भिम बहादुर चौलागाईलाई कारागार चलन गरिएको हो ।

उनिहरु नागरिकता बनाउने क्रममा गत असार १० गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ परिसरबाटै पक्राउ परेका थिए । भिमबहादुरको पुरानो घर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजेनिम हो ।

उनिहरु नातामा काका भतिज पर्ने एक स्थानीयले बताए । प्रहरीले अनुसन्धान कार्य पुरा गरेपछि जिल्ला अदालतले सोमबार कारागार चलान गरेको प्रहरी निरिक्षक विष्णुबहादुर खड्काले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here