छात्रालाई आत्मरक्षा तालिम

0
397

ताप्लेजुङ, असार २८

जिल्ला खेलकुद विकास समितिले १ सय ५० जना छात्रालाई आत्मरक्षा तालिम प्रदान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार ताप्लेजुङका सात विद्यालयका छात्रालाई तालिम दिइएको हो ।

दिनदिनै बढेका हिंसा र बलात्कारका घटनाबाट जोगिन र परिआए प्रतिकार गर्न सक्ने बनाउने कार्यक्रमको उद्देश्य रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तेजप्रताप सुब्बाले बताए । ‘खलेकुद परिषद्ले खेलकुदका विधालाई बढाउँदै लगेको छ, यो पनि खेलकुदकै विधा हो,’ उनले भने, ‘बहिनीहरुले आफूले सिकेको कुरा अरुलाई पनि सिकाउनुपर्छ ।’

फुङलङबजारसस्थित सामुदायीक भवनमा शुक्रबार र शनिबार सञ्चालित तालिमको सहजिकरण नेपाल पुलिस क्लवका रत्ना चौथरी र शर्मिला थारुले गरेका थिए । शारीरिक प्रतिरक्षाका साथै महिला हिंसाका कारण, कानुनी उपचार र अन्यायमा परे कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा पनि परामर्श दिइएको प्रशिक्षक चौधरीले बताइन् ।

शनिबार तालिम सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन र फुङलिङ नगरपालिका ५ का अध्यक्ष भिमा ओझले गाउँगाउँमा पनि यस्तो तालिम सञ्चालन गर्नुपर्ने बताए ।

जसका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न खेलकुद समितिलाई मादेनले आग्रह गरे । कुनै समस्या आइपरे प्रतिरक्षाका लागि विभिन्न उपाय सिकेको सहभागि छात्राहरुको प्रतिक्रिया थियो । ‘महिला शसक्तिकरणका लागि हाम्रो संकल्प, खलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने नारासहित यो कार्यक्रम गरिएको खेलकुद कार्यालयका प्रमुख यज्ञनिधी पौडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here