बाढी पहिरोमा परी प्रदेश १ मा ९ जनाको मृत्यु

0
53

निरन्तरको वर्षापछि आएको बाढी पहिरोका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या ९ पुगेको छ । बाढी र पहिरोमा परी ३ जना वेपता भएका छन् । तीन दिनको अवधिमा दुई जना घाइते भएका छन् भने ४ हजार बढी बिस्थापित भएका छन् । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार खोटाङमा तीन, भोजपुरमा दुई, ओखलढुंगा, सुनसरी, इलाम र पाँचथरमा एक एक गरी ९ जनाको मृत्यु भएको छ । पाँचथर, झापा र मोरङमा एक एक जना वेपता छन् । सुनसरी र खोटाङमा एक एक जना घाइते छन् ।

बाढी, पहिरो र डुबानका कारण प्रदेश १ भरी ४ हजार बढी विस्थापित भएका छन् । सुनसरी र मोरङमा विस्थापित हुनेको संख्या उच्च रहेको प्रदेश प्रहरीले जनाएको छ । तराईका अधिकांस खोलामा बाढी आउँदा सयौँ घर डुबानमा परेका छन् । उता भोजपुरको रामप्रसाद राई गाउँपालिका ५ तुन्ताङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना वेपत्ता भएका छन् । शनिबार बिहान मान्छा घरमाथि पहिरो खस्दा ३५ वर्षीया मनकुमारी राई तथा उनका दुई छोराहरु १७ वर्षीय शिव कुमार र १५ वर्षीय शक्तिकुमार सम्पर्क्विहीन भएका हुन् । उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here