कविता
राविमान लमजेल
यो देश शहीदहरुको सपना विछयाएर
निदाउन चाहदैन सधैभर
प्रभाती सूर्यको मुस्कान बोकेर
हिमाली डाँफे बनेर
रगत जस्तै गुराँसे रंग बोकेर
ब्युँझिसकेको छ – हिमाल ,पहाड र तराईका फाँटहरुमा
ब्ुाझिसकेको छ देशले अब
एउटै जाति
एउटै भाषा
एउटै संस्कृति र सभ्यताले
निर्मित भएको होइन यो भुमी
सबै जातिको सद्भाव
र सहयोगले
एकताको सुत्रमा उनिएर
वस्न सक्यो विशाल
कयौं पटक यहाँका शासकहरुले
रोप्न खोजे सम्प्रदायिकताको वीज
र नंग्याउन खोजे नेपालीको स्वाभिमान
यहाँका आँटिला नारी र पुरुषहरुले
उठाइरहे निरंकुशताको विरुद्ध आवाज
नारा,जुलुस र धर्ना घेराउले
प्रकट गरिरहे बिरोध
निरंकुल शासकहरु
जन–आवाजको अघिल्तिर
झुक्न पुगे
बाँसको टुप्पोले भूईं ढोग्न पुगे झै
आखिर जनताको विजय ध्वानि
चारैतिर घन्कन पुग्यो
च्याब्रङ,मादल र डम्फूहरु
घन्किए डाँडाकाँडा ढाकेर
पटक पटकको जन– आन्दोलन
यो देशमा
स्वतन्त्रताको फूल फूली सक्यो
विभिन्न समुदायमा विभाजित
मानसिकतालाई एउटै विन्दुमा समेटेर
देशलाई निश्चित गन्तब्यमा पु¥याउने
अब कसरत सुरु भएको छ ।
अब प्रत्येक नर नारीले
देशको नयाँ सपना पुरा गर्न
सिर्जनाको कोशी बगाएर
निर्माणको थालनी आजैदेखि गर्नुपर्छ
हिमाल जस्तो
अग्लिएको हाम्रो शिर
पराई सामु झुक्न जान्दैन्
अन्धकारलाई धोक्रेढयाक लगाएर
पूर्व दिशाबाट गणतन्त्रको
उज्यालो प्रवेश गरेको छ
निरंकुशताको पर्खाल ध्वास्त भइसक्यो
शहीदका सपनाहरु
विपनामा रुपान्तरण गर्दै
युगको सपना
साकार बनाउने
हाम्रो दायित्व हो ।