ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको तमोर र मैवा नदीको किनारमा रहेकोे दोभान बजारका तीन घर पहिरोको जोखिममा परेका छन् । घरको मुनिबाट पहिरो खसेपछि जोखिम भएको इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निररिक्षक विनोद निरौलाले जानकारी दिनुभयो । मेरिङ्देन गाउँपालिका–३ स्थित उक्त बजारका सुकविर लिम्बुको घरको पाली पहिरोले बगाएपछि अन्यत्र सारिएको छ । मैवा नदी २०७२ सालमा आएको बाढीले खोलाको धार बजारतर्फ सारेको थियो ।