ताप्लेजुङमा २ सय ६३ थान बन्दुक संकलन

0
373


ताप्लेजुङ,असार २७ गते । ताप्लेजुङ प्रहरीले झण्डौ चार महिना अवधिमा २ सय ६३ थान बन्दुक संकलन गरेको छ । गत चैत्र यता अभियाननै चलाएर उक्त परिमाणको हतियार संकलन भएकोे हो । वन जंगल तथा पहरामा लुकाएको अवस्थामा १ सय ३८ थान हतियार बरामद भएको थियो । अन्य स्वतस्फूर्त स्थानियले हतियार बुझाएका हुन । ’त्यसमध्ये तीन राउण्ड गोलीसहित २ सय ५ नाल अवैध र ५ राउण्ड गोलीसहित ५८ नाल इजाजत प्राप्त हतियार संकलन गर्न सफल भएको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक संञ्जयसिंह थापाले जानकारी दिनुभयो ।
अधिकांश हतियार भरुवा बन्दुक हुन ्। भरुवा बन्दुक २ सय ५३ नाल, सर्ट गन २ नाल, जोर नाले ५ नाल, टुटु १ नाल, म्याग्नाम १ नाल, रिवलभल १ थान रहेको छन् । जिल्लाका सबै सुरक्षा निकाय र गाउँका सबै प्रहरी यनिटलाई लाई विशेष परिचालन गरिएकाले संकलनमा थप सफलता मिलेको थापाले बताउनुभयो ।
सम्भवतः मुलुकमै बढी हतियार ताप्लेजुङमा संकलन भएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले भनाइ छ । घरेलु हतियारको प्रयोगले हुने अपराधको संख्या उल्लेख्य रहेको प्रहरीको तथ्याङ्क छ । ’यति ठूलो मात्रामा हतियार गाउँबाट निस्किएपछि अब अपराध पनि कम हुने विश्वास छ,’ डिएसपी थापा छ । लिम्बू जातिको बाहुल्य रहेको ताप्लेजुङमा विभिन्न धार्मिक संस्कारमा बन्दुकको प्रयोग गर्ने चलन भने यथावत् छ ।

गृह मन्त्रालयले वैशाख ६ गतेसम्म आफूसँग भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन चैत्र १ गते सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको थियो। यो अवधिमा १ सय २५ थान र त्यसयता बाँकी संकलन भएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नागरिकका घर(घरमा पुगेर सचेतना कार्यक्रमले थप सहयोग गरेको प्रमुख थापाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here