भ्रमण भत्तासहितका सुविधा नलिने वडाध्यक्षको घोषणा

0
822


पाथीभरा पोष्ट
ताप्लेजुङ, असार १८ गते । जनप्रतिनिधिहरु सुविधाभोगी भएको भनेर आलोचना भइरहँदा ताप्लेजुङका एक वडाध्यक्षले भने उदाहरणिय काम गरेका छन् ।

मिक्वाखोला गाउँपालिकाका वडा नं ५ पापुङका अध्यक्ष डण्डु लामाले भ्रमण भत्ता (टिएडिए) नलिने र राज्यले दिने अन्य सुविधाबापतको रकमले आफ्नो वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गर्ने घोषणा गरेका हुन् ।

गाउँसभामा आफूले आगामी आर्थीक वर्ष २०७६÷७७ देखि सुविधा नलिने घोषणा गरेको उनले बताए । आफूहरु जनताको सेवा गर्न निर्वाचित भएकाले अब दत्तचित्त भएको गाउँको विकासमा लाग्ने लामाको भनाई छ ।

1 COMMENT

  1. उदारणिय बिचार जनपक्षिय जनप्रतिनिधि स्रहानिय काम मिक्वाखाेला वाड नम्बर ५का वडा अध्यक्ष ज्यु काे याे बिचारले अरुवाडहरुलाई नछुने अरे? याे मेराे ब्याक्तिगत बिचार अनि प्रश्न?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here