पदीय आचरणको उल्लंघन गरेको भन्दै न्यायाधीश सिंहलाई बर्खास्त

0
104

न्यायपरिषद्ले पदीय आचरणको गम्भीर उल्लंघन गरेको भन्दै विराटनगर उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गर्न सिफारिस गरेको छ । न्यायपरिषदको हिजो बसेको बैठकले ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणका अभियुक्तको निवेदनमाथि सुनुवाइका क्रममा पदीय आचरण अनुसारको कर्तव्य निर्वाह नगरेको भन्दै न्यायाधीश सिंहलाई बर्खास्त गर्न सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए । सोही मुद्दामा सुनुवाइ गरेका विराटनगर उच्च अदालतकै न्यायाधीश साधुराम सापकोटा र थीरबहादुर कार्कीको बढुवा दुई वर्षका लागि रोक्न पनि परिषद्ले सिफारिस गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल समितिले प्रारम्भिक छानविन गरी विस्तृत छानविन गर्न सुझाव दिएपछि तीनजना न्यायाधीशको समिति बनेको थियो ।

न्यायाधीश विश्वम्भर श्रेष्ठ, केदार प्रसाद चालिसे र मिरा खड्काको समितिले छानविनपछि दिएको प्रतिवेदनका आधारमा परिषदले मुख्य न्यायाधीश कुलरत्न भुर्तेल सहित ३ जनालाई ध्यानाकर्षण गराउने निर्णय गरिसकेको छ ।

३३ किलो सुन प्रकरण र सनम हत्यासम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि धरौटी मागेको र थुनामा पठाएका अभियुक्तलाई यी न्यायाधीशहरूले धरौटी र तारेखमा छोडेको भन्दै न्याय परिषदले छानबिन अघि बढाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here