ताप्लेजुङमै यस्तो घटनाः किर्ते गरेर भीरलाई प्लटिङ देखाईं बैंक ठग्ने २६ जनालाई कैद

0
2178
जिल्ला अदालत ताप्लेजुङ

असार १६ गते । ताप्लेजुङ जिल्ला अदालतले सरकारी कागजात कीर्ते मुद्दामा २६ जनालाई दोषी ठहर गरेको छ। कृषि विकास बैंक ताप्लेजुङ शाखाका तत्कालीन प्रमुख गणेश खतिवडासहित २६ जनालाईं एक वर्ष कैद र बिगोको २५ प्रतिशत तिर्नुपर्ने फैसला गरेको हो।

उनीहरूले सरकारी कागजातलाई कीर्ते गरी भीरपाखालाई प्लटिङ जग्गा देखाउँदै कृषि विकास बैंक लिमिटेड ताप्लेजुङ शाखाबाट कर्जा प्रवाह गरेका थिए। जिल्ला न्यायाधीश कृपासुर कार्कीको इजलासले आइतबार एकैदिन सोसँग सम्बन्धित ३८ थान मुद्दाको सुनुवाई गर्दै उक्त फैसला गरेका हुन्।

जिल्ला अदालतका श्रेष्तेदार केदार प्रसाद गौतमका अनुसार बैकका तत्कालीन शाखा प्रमुख गणेश खतिवडा, लेखापाल हरिशंखर न्यौपाने, कर्मचारी भिमप्रसाद आर्चाय र जग्गाधनी पदमकुमारी नुगोलाई मूख्य दोषी ठहर भएका छन्।

२०७५ साल साउन ११ गते १८ थान तथा २०७५ कार्तिका ९ मा २० थान मुद्दा दर्ता भएको थियो। अन्य सबैलाई एक बर्ष कैद र बिगोको २५ प्रतिशत फैसला गरेको छ। अदालतले मुख्य दोषी ठहर गरेका प्रमुख खतिवडा, न्यौपाने, आर्चाय र नुगोलाई भने प्रत्येकको २० प्रतिवादीको बिगोको २५ प्रतिशत जरिवाना ठहर्ने फैसला गरेको श्रेष्तेदार गौतमले बता।ए कैद सजाय भने सबैलाई एक बर्ष तोकेको छ।

अदातलले श्याम श्रेष्ठ, ललितकुमारी गुरुङलाई १२ लाख बिगोमा २५ प्रतिशत ठहर गरेको हो। प्रतिवादी यमुना शिवालाई १४ लाख २५ हजार मनिषा सुब्वालाई ६ लाख,नारायणसिह बोखिमलाई ९ लाख, बमबहादुर र दुर्गा लिम्बुलाई १३ लाख २५ हजार, तारादेवि बोगटीलाई १९ लाख ५० हजार,विनु थुलुङ लिम्बुलाई ८ लाखको बिगो ठहर्ने फैसला गरेका छ।

त्यस्तै सरिता लिम्बु र गौमती लिम्बुलाई १०—१० लाख प्रमिला गुरुङलाई १५ लाख मैया थापालाई १२ लाख, शान्ता काङवा, अनिता जोगी, राममाया बेघा, अरुण कार्की र सुनिता लिम्बुलाई ८—८ लाख र ईन्दिरा खबासलाई २४ लाख बिगो सजाय सुनाएको हो।

यसैगरी सुमित्रा लिम्बुलाई ६ लाख संगिता मादेनलाई ३० लाख, रमेशकुमार राईलाई १८ लाखको २५ प्रतिशत बिगोको सजाय सुनाएको गौतमले बताए। अदालतले कृषि विकास बैङ्कका सहायक ललित राई र लेखनदास सुरेन्द्र तबेबुङलाई भने सफाई दिएको छ। मुद्धामा पदमकुमारी कर्जा प्रवाहमा मिलेमतो गरेर हिनामिना गराउने मुख्य आरोपी हुन्। उनले कर्मचारीको मिलेमतोमा जग्गा किनेबेच गर्ने गराउने बहानामा कागजी रुपमा जग्गा बैंकमा राखेर ऋण हिनामिना गर्ने गराउने गरेकी थिइन्।

उनीहरूले मालपोत कार्यालय ताप्लेजुबाट रजिस्ट्रेसन पासपछि जग्गा कीर्ते गरेका थिए। मालपोतमा २५ हजार रुपैयाँमा रजिस्ट्रेसन गरेको जग्गा बैंकमा बुझाएको लिखत धनीपूर्जामा भने ५ लाख २५ हजारको बनाइएको थियो। ६ वटा जग्गामा अगाडि ५ थपेर ५ लाख २५ हजार बनाएर कीर्ते गरिएको थियो। त्यस्तै २० हजारमा लिखत पास गरेको जग्गामा अगाडि अंक थपेर १० लाख २० हजार बनाइएको पाइएको छ।

शाखा प्रबन्धकलाई १० लाखसम्मको ऋण स्वीकृत गर्ने अधिकार अनुसार यी सबै कारोबार तत्कालीन प्रबन्धक खतिवडाले गरेको बैंकले जनाएको छ। २०७२ असार २७ देखि २०७३ साल कात्तिक ३० गतेसम्म यसरी कारोबार भएको हो।

फुङलिङ नगरपालिका ८ सहितका विभिन्न ठाउँमा भिरको जग्गालाई कागजमा प्लटिङ बनाई उक्त जग्गा धरौटी राखेर कर्जा प्रवाह गरी बैंक ठगी प्रकरणमा तत्कालिन व्यवस्थापक गणेश खतिवडासहित २६ जना विरुद्ध ३८ वटा मुद्दा दायर गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here