सिरिन्ज आक्रमणको कथाः चार पटक काँटीले घोपेका थिए कार्कीले

0
68

पछिल्लो दुई सातायता राजधानीमा रातको समयमा सुई जस्तो तिखो वस्तुले युवतीहरुलाई घोच्ने घटनाका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौंले गरेको पत्रकार सम्मेलनमा रामेछाप घर भई महाराजगञ्जमा दाजुसँग मिलेर होटल चलाइरहेका ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा कार्कीले आफूले रमाइलोकालागि ढलान किल्लाले घोचेर गल्ती गरेको बताएका थिए। प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम सुवेदीले रातको समयमा उस्तै प्रकृतिको घटना भएपछि आफूहरुले सिसिटिभी फुटेजका आधारमा दोषी पत्ता लगाएको बताए।

उनका अनुसार महाराजगञ्जको रेष्टुरेन्ट बन्द गरेर नैकापस्थित डेरा फर्किने बेलामा सन्तोषले सडकमा एक्लै हिँडिरहेका युवतीहरुलाई निशाना बनाएको देखिन्छ। प्रहरी परिसर काठमाडौंका अनुसार सुई जस्तो तिखो वस्तुले घोचेका चार घटना महानगरीय प्रहरी वृत्त स्वयम्भू र सोह्रखुट्टेमा आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here